१ पुस २०८२, मंगलबार | December 17, 2025

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट पास हुने देखिएपछि उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका छन् ।

राजीनामा दिनु अघि पोखरेलले आजै बिहान मुख्यमन्त्रीको सरकारी निवासमा संसदीय दल र मन्त्रिरिषदको बैठक बोलाएका थिए ।

संसदमा बहुमत नपुग्ने निश्चित भएपछि अदालतको अन्तरिम आदेशबाट अधिवेशन रोकिने अपेक्षा सहित काठमाडौं पुगेका पोखरेल अनुकुल सर्वोच्चबाट पनि नहुने देखिएपछि उनी राजीनामामो मनस्थितीमा पुगेका थिए । पोखरेलले शुरुमा अधिवक्ता प्रवेश केसी मार्फत र पछि पूर्वमन्त्री लिला गिरी मार्फत सर्वोच्चमा रिट हाल्न लगाएकोमा सर्वोच्चले अधिवक्ता केसीको रिटमा दरपीठ गरिदिएको थियो भने गिरीको रिट हेर्न नभ्याउनेमा रोखिएको छ ।

प्रदेश प्रमुखको आह्वानमा आज विशेष अधिवेशन हुने निश्चित भएपछि मंगलबार मात्र मुख्यमन्त्री सहितका एमालेका प्रदेश नेताहरु बुटवल फर्केका थिए ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुने भएका छन् । सम्भवत आज साँझ सम्ममा प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनकालागि प्रस्ताव आह्वान गर्ने छन् ।

पोखरेल सरकारको विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ०३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष