२० असार २०८३, शनिबार | July 4, 2026

नमूना राजधानीको सपना अधुरै छाडनुपरेकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दुःखी



बुटवल । पदबाट राजीनामा दिएका लुमिबनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानीलाई नमूना बनाउने आफ्नो सपना अधुरै छाड्नु परेको बताएका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएलगतै मन्त्रालयका सचिवहरूसँगको भेटघाट गरेका पोखरेलले अधुरो सपना छाडेर बाहिरिनुपरेको दुखेसो गरे ।

उनले प्रदेशमा आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी बनाएको स्पष्ट पारे । उनले आउने सरकारलाई राजधानीलाई नमुना बनाउने कार्यमा सहयोग गर्न सचिवहरुलाई आग्रह पनि गरे । गत असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रका लागि पारित भएको थियो ।

‘अब आउने नेतृत्वलाई नमूना राजधानीबारे केही भन्नुहोला’ पोखरेलले भने, ‘यो काम अधुरै छाड्नुप¥यो । अब आउने सरकारलाई आफुले शुरू गरेका योजनालाई अघि बढाउन सहयोग गर्नुहोस ।’ उनले आफ्नो नेतृत्वको प्रदेश सरकारले लेखिने र देखिने गरी विकास निर्माण र संरचनाका बनाउने काम गरेको दाबी गर्दै सरकारले थुप्रै नयाँ काम गरेको उल्लेख गरे ।

पोखरेलले राजीनामा दिएसँगै लुम्बिनीमा माओवादी केन्द्रका नेता कूलप्रसाद केसीको नेतृत्वमा नयाँ प्रदेश सरकार बन्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : १० बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली