१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्विकृत



file photo

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिकालाई छल्दै उनले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए । यस अघि बैशाख १९ गते पनि उनीमाथि अविश्वासको प्रस्तावमाथि छलफल हुने दिनकै बिहान राजीनामा दिएर पुनः नियुक्ति लिएका थिए ।

मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अर्को मन्त्रिपरिषद गठन नहुँदा सम्म पोखरेल नेतृत्वकै मन्त्रिपरिषदबाट कार्यभार सम्हाल्ने गरि प्रदेश प्रमुखले तोकेको प्रदेश प्रमुख कार्यालयले प्रकाशित विज्ञप्तिमा उल्लेख छ । प्रदेश प्रमुखको कार्यालयले सोही ब्यहोराको पत्र प्रदेशसभामा पनि पठाएको छ ।

एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । गत वैशाखदेखि विपक्षी गठबन्धनले शंकर पोखरेललाई हटाउनका लागि दवाव दिँदै आएका थिए । विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : २७ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका