३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाई, सरकारी सेवा प्रभावकारी नभएको गुनासो



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम सार्वजनिक सुनुवाई सोमबार सम्पन्न गरिएको छ । सार्वजनिक सुनुवाईमा नागरिकको उत्साहजनक सहभागिता रहनुका साथै सरोकारवाला निकायलाई विकास निर्माण र सेवा प्रवाह बारे प्रश्न र जिज्ञासा राखेका छन् ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले गाउँपालिकाका विषयगत शाखाले गरेको प्रगति, विकास निर्माण तथा सेवा प्रवाह बारे प्रतिवेदन प्रस्तुत गरेसंगै सहभागीले सडक, खानेपानी, बजेट परिचालन, सेवा प्रवाह, गाउँपालिका नजिक पर्यटकीय तलाउ संरक्षण नभएको, स्वास्थ्य चौकीमा औषधी अभाव, सरकारी कार्यालय समयमा संचालन नभएको, कालोपत्रे स्तरीय नभएको लगायतका प्रश्नहरु राखेका थिए ।

उनीहरुले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका प्रमुख कक्षपतिले समृद्ध खजुराको सपना बोकेको त्यसका आधार तय गरेर अगाडि बढेको तर ५ वर्षभित्र समृद्ध नहुने त्यसका लागि १५ वर्षे योजना रहेको जानकारी दिए । उनले खजुराले तीन वर्ष पूरा हुँदा १०१ बुँदे चुनावी घोषणापत्र मध्ये ६८ बुँदा पूरा गरेको जानकारी दिँदै हाल ११ गौरवका योजना संचालनमा रहेको, ग्रीन सिटीका लागि डिपिआर गरिएको बताए । कोभिडले खजुराको समृद्धिको सपना ओझेलमा पार्न खाजेपछि समग्रमा गत आर्थिक वर्षमा सन्तोष जनक प्रगति हासिल गरेको बताए ।

वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले आफ्नो वडाको बारेमा कालोपत्रे सडकबारे राखिएको जिज्ञासा मेटाउँदै कालोपत्रे सडक अपेक्षित छैनन् त्यसको प्रमुख कारण बजेट भएको उल्लेख गर्दै स्तरीयताका लागि प्रयासरत रहेको बताए ।

वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम कालोपत्रे बजेट अभावमा पूरा नभएको, खानेपानी समिति होइन तदर्थ समिति भएको र साढे ४ लाख लिटर क्षमता खानेपानी वडा नं. ३ को आदर्श मावि पछाडि बन्ने क्रममा रहेको जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले आफुलाई आएको प्रश्नको जवाफ दिँदै सरकारले तोकेको कर्मचारी र औषधि उपलब्ध रहेको बताए ।

कार्यक्रममा अध्यक्ष कक्षपतिले चुनौतीका रुपमा जनसहभागितामा कमी, आन्तरिक स्रोत न्यून, उपभोक्ता समिति, निर्माण कम्पनीबाट हुने योजना स्थानीयबाट अनुगमन सुपरिवेक्षण आवश्यक रहेको बताए । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, विभिन्न शाखाका प्रमुखहरु जवाफदेही वक्ताका रुपमा उपस्थित थिए ।

 

 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ५५ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको