२० मंसिर २०८२, शनिबार | December 6, 2025

केसी सरकारको प्रवक्तामा कृष्णध्वज खड्का, मुख्यमन्त्रीका प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगी



बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि थप दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाखका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मातृमृत्युदर कमगर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एक एक वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्सको उपलब्ध गराउने पनि केसी सरकारले निर्णय गरेको छ ।

बैठकले प्रदेश ५, प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ ।

यस्तै कोभिड १९ का बिरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारी साधन एम्बुलेन्सको व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । यसैगरी कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्दार गर्ने पनि निर्णय गरेको छ। यसैगरी कोभिड १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशबासी जनतालाई खोपको सुनिश्चिता गर्न विशेष व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता खड्काले बताए ।

बैठकले सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई चयन गरेको छ । यसैगरी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाखमा पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ०२ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी