७ कार्तिक २०८३, शनिबार | October 24, 2026

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज मिलाएर सेवा दिइरहेका विशेषज्ञ चिकित्सकहरुको काज फिर्ता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउन सुरु गरेसँगै भेरीमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा कार्यरत ६ जना विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गरीएको हो ।

काज फिर्ता गरिएका विशेषज्ञ चिकित्सकहरूमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. वसन्त रेग्मी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. सुजन ढकाल, वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. रविन्द्र बास्कोटा, कन्सल्टेन्ट पेडियाट्रिसियन डा. प्रकाश पुन, कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सविता विश्वकर्मा, कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा. निरज भट्टराई र वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेन्द्र बस्नेत रहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए ।

भेरीमा दरबन्दी रहेका डा. रेग्मी यसअघि लुम्बिनी प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, डा. ढकाल कोशी प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डा.बास्कोटा स्वास्थ्य सेवा विभाग काठमाडौँ, डा. पुन लुम्बिनी प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डा. विश्वकर्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा, डा. भट्टराई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डा. सुरेन्द्र बस्नेत सुदूरपश्चिम प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा रहेर सेवा दिइरहेका थिए ।

वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. बस्नेत भने मन्त्रालयको निर्णय आउनुअघि नै साविक दरबन्दी रहेको भेरी अस्पतालमा फर्किसकेका थिए ।

मन्त्रालयले विभिन्न प्रदेश तथा निकायमा काजमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मूल दरबन्दीमा फर्काउने नीति अनुसार अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको काज फिर्ता गर्दै आएको छ ।

मन्त्रालयको निर्णय कार्यान्वयनमा आएसँगै भेरी अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी हुने भेरी अस्पताल प्रमुख डा. सुवेदीले अपेक्षा गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : २६ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले