६ श्रावण २०८३, बुधबार | July 22, 2026

केसी सरकारको प्रवक्तामा कृष्णध्वज खड्का, मुख्यमन्त्रीका प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगी



बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि थप दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाखका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मातृमृत्युदर कमगर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एक एक वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्सको उपलब्ध गराउने पनि केसी सरकारले निर्णय गरेको छ ।

बैठकले प्रदेश ५, प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ ।

यस्तै कोभिड १९ का बिरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारी साधन एम्बुलेन्सको व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । यसैगरी कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्दार गर्ने पनि निर्णय गरेको छ। यसैगरी कोभिड १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशबासी जनतालाई खोपको सुनिश्चिता गर्न विशेष व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता खड्काले बताए ।

बैठकले सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई चयन गरेको छ । यसैगरी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाखमा पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ०२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क