२९ चैत्र २०८२, आइतबार | April 13, 2026

ओली विरुद्ध मातृका यादवको आपत्तिजनक अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ



काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध माओवादी केन्द्रका सांसद मातृका यादवले दिएको अभिव्यक्ति हटाउन सभामुखले रुलिङ गरेका छन् ।

बिहीबारको बैठकमा सांसद यादवले ओली विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमाले सांसदहरुले चर्को विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले उनका केही अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् । यादवले ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको बताएका थिए ।

शुक्रबार बैठक सुरुहुनासाथ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्तिको विराधे गरेका थिए ।

भट्टराईले यादवले संसदमा बोलेको कुराले संसदीय मर्यादा भंग गरेको बताएका थिए । यादवले बोलेको कुरा रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न उनले माग गरे । त्यसपछि सभामुख सापकोटाले यादवको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ४१ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्