२५ चैत्र २०८२, बुधबार | April 8, 2026

आईसिएफसीको शाखा रुपन्देहीको तिलोत्तमामा



बुटवल । तिलोत्तमा नगरपालिकाको ड्राईभर टोलमा आईसिएफसी फाईनान्स लिमिटेडको २० औं शाखा उद्घाटन भएको छ। आईसिएफसी फाईनान्स लिमिटेडका सिईओ सुनिल पन्तले शुक्रबार औपचारिक रुपमा रिबन र केक काटेर कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन।

उदघाटन कार्यक्रममा बोल्दै सीईओ पन्तले कर्मसियल र विकास बैकको दरमा ब्याज ऋण दिएर सेवा गरेको बताए । पोखरामा शाखा सेवा बिस्तारसंगै रुपन्देही जिल्ला भित्रको तेस्रो शाखा भएको उनले बताए। अब हामी पुर्वतर्फ सेवा बिस्तारको अभियानमा छौ। उनले भने। तिलोत्तमा नगर बुटवल र सिद्धार्थनगरबिचमा रहेको नमुना नगरपालिका जोड्ने रुपमा रहेको छ।

पन्तका अनुसार फाईनान्सको १६ अर्बको ब्यालेन्स सिट रहेको छ। स्थानिय विकासमा नै लगानी गराउने योजना रहेको फाईनान्सको डेढ लाख बढी सेवाग्राहिहरु छन।

देशभर २ सय बढी कर्मचारी रहेको कम्पनिलाई कोभिडको कारण केही नकारात्मक असर परेको पन्तले बताए ।

फाईनान्सका शाखा प्रमुख दिपक अर्यालले शहरीकरणतर्फ अग्रसर रहेको तिलोत्तमानगरमा बैकिङ सेवा दिने लक्ष्यसहित शाखा विस्तार गरेको बताए । योसंगै प्रत्येक शाखामा एटिएम रहेको र सेवाग्राहीले भारतमा समेत एटिएम प्रयोग गर्न सक्ने उनले दाबी गरे।

फाईनान्सका बुटवल शाखा प्रमुख कमल ज्ञवाली रुपन्देहीमा ३ वटा शाखाबाट सेवा दिईरहेको बताए। बैक तथा वित्तिय सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रका जनतामाझ पुग्ने गरि योजना बनाईएको उनले बताए। नेपाल राष्ट्र बैकबाट ग वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त संस्थाको काठमाण्डौमा मुख्य कार्यालयसहित ७ वटा शाखा र एक्सटेन्सन काउन्टर रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ४३ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण