५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा



बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । रोट्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा स्वर्गिय कमल राज पाठकको स्मृतिमा चैत २७ र २८ गते १३ औ संस्करणको अन्तर क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक क्लबका कावा अध्यक्ष सुलभ घिमिरेले बताए । देविनगरस्थित न्यू होराईजन भलिबल कोर्टमा हुने प्रतियोगितामा यस क्षेत्रका रोटरी, रोट्याक्ट गरि डेढ दर्जन क्लबहरुले भाग लिने उनले बताए । स्वर्गिय पाठकको परिवारबाट स्थापना गरिएको ५ लाख रुपैयाको अक्षयकोषको ब्याज र क्लबको ईन्ट्रीबाट प्रतियोगिता आयोजना गरिने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले रनिङशिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक रोशनी भण्डारीले बताईन । क्लबको सिग्नेचर प्रोजेक्टका रुपमा प्रतियोगिता रहेको उनले बताईन ।

प्रतियोगितामा १२ रोट्याक्ट र ५ रोटरी क्लब सहभागी रहने उनले बताईन । गतवर्ष रोटरी क्लब अफ ई मेडिकोफ्युजन तथा रोट्याक्ट मणिग्राम विजेता रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ४४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं