१४ चैत्र २०८२, शनिबार | March 29, 2026

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन ।

संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन । कोरोना भाइरस संक्रमणको खतराका साथै क्रियाशील सदस्यता छानबिनसहितको काम बाँकी रहेकाले तिहारअघि महाधिवेशन सम्भव नरहेको उनीहरूको तर्क छ ।

केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, बहादुर सिंह लामासहितका संस्थापन पक्षीय नेताले महाधिवेशन भदौमा सम्भव नरहेको जिकिर गरे । उनीहरूले महाधिवेशन मंसिरमा गर्न प्रस्ताव राख्दै कात्तिकमा तल्लो तहको अधिवेशन गर्नुपर्ने धारणा राखेका छन । ‘भदौमा अब महाधिवेशन सम्भव छैन । रणनीतिको कुरा होइन, व्यावहारिक कुरा गरौं,’ केन्द्रीय सदस्य घिमिरेले बैठकमा भने, ‘कात्तिकमा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सकौ ।’

कानुनी उपचारबाटै महाधिवेशन सार्न सकिने तर्क गर्दै अर्का केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अहिले कोरोना महामारी छ । यस्तो बेला सर्वोच्च अदालतबाट कांग्रेसको महाधिवेशन सार्न सकिन्छ ।’ बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका टुंगो लागेको ७६ दिनपछि मात्र महाधिवेशन गर्न सकिने प्रस्ताव पठाएको सुनाएका थिए । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ४३ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको