१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नमस्ते एकेडेमी अब ब्रिटिस कलेजको ब्यवस्थापनमा



बुटवल । तिलोत्तमा नगरपालिकामा स्थापनाको छोटोसमयमा नै शिक्षा क्षेत्रमा अग्रसर नमस्ते एकेडेमीले ब्रिटिस कलेजसंग सहकार्य गरि ब्यवस्थापन गर्ने भएको छ । रुपन्देहीमा अन्तराष्ट्रियस्तरको शिक्षा दिने उदेश्यका साथ स्थापना भएको एकेडेमीले यो वर्षबाट कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायसमेत शुुरु गर्ने भएको छ ।

एकेडेमीको आयोजनामा शुक्रबार भएको कार्यक्रममा नया योजनाका बारे जानकारी दिएको हो । उच्च शिक्षाकै लागि विदेश पठाउने परिपाटी अन्त्य गर्ने लक्ष्यसहित नमस्ने एकेडेमी र ब्रिटिस कलेजको सहकार्यमा योजनाबद्घ रुपमा कार्यक्रम ल्याएको कार्यक्रममा जानकारी दिईयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नीजि क्षेत्रको लगानीमा स्थापना भएको एकेडेमी समयसापेक्ष शिक्षा प्रदान गरेर अगाडि बढ्न सफल भएको बताए। नगरलाई शिक्षाको नमुना हब बनाउने लक्ष्य प्राप्तिमा सबै क्षेत्रको सहकार्य जरूरी रहेकोबताउँदै घिमिरेले नगरमा ४२ वटा सामुदायिक र ४२ वटा संस्थागत विद्यालय रहेको जानकारी दिए । उनले सामुदयिक विद्यालयमा सरकारको ठूलो लगानी भएपनि त्यो अनुरुप प्रतिफल नहुनुको कारण खोज्ने काम पालिकाबाट भईरहेको उल्लेख गरे ।

कमिकमजोरी पत्ता लगाएर सुधार भएकै कारण पछिल्लोसमय सामुदायिक विद्यालयमा पनि आकर्षण बढ्दै गएको नगरप्रमुख घिमिरेले दाबी गरे ।

एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता डिल्लिनारायण पाण्डेले ३ विगाहा क्षेत्रफलमा स्कुलको पुर्वाधार निर्माण भएको बताए । शुरुवातमा धेरै नकारात्मक प्रचार गरिदा एकेडेमीले अवरोधहरु खेपेको दुखेसो गर्दै उनले कामको सिलसिलामा ब्यस्त रहने अभिभावकहरुलाई लक्षित अनुसार सेवा दिन सफल भएको बताए । अन्तराष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्यसहित स्थापना भएको एकेडेमी आफ्नो लक्ष्यमा पुग्न सफल भएको उनले दाबी गरे ।

एकेडेमीका राजेन्द्र कुवरले ३ वर्षक‍ो छोटोसमयमा नै शिक्षामा नया ढंगबाट ल्याएको बताए । अबको वर्षसंगै कक्षा ११ मा विज्ञान र ब्यावस्थापन संकाय शुरु गर्ने बताए । एकेडेमीबाट यो वर्ष २५ जना विद्यार्थीहरु उतिर्ण भएका थिए ।

द ब्रिटिस कलेजका सिईयो राजेन कंडेलले उच्च शिक्षाकै लागि विदेश पठाउने परिपाटी अन्त्य गर्ने लक्ष्यसहित आफुहरु योजनाबद्घ रुपमा कार्यक्रम ल्याएको बताए । यस क्षेत्रमा स्थापना भएको नमस्ते एकेडेमीसंग सहकार्य गरि ब्रिटिस कलेजको ब्यवस्थापन गरि बढ्ने उनले जानकारी दिए । पश्चिम एशियाकै नमुना शिक्षा दिने संस्थाकारुपमा नमस्ते एकेडेकीलाई विकास गरिने उनले बताए । एक्काईसौ शताब्दीको शिक्षा दिने लक्ष्यसहित आफुहरु रणनीति तयार गरेर अन्य धेरै उत्कृष्ट विद्यालयहरुसंग सहकार्य गर्ने लक्ष्य रहेको बताउँदै उनले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धामा उतार्ने गरि शिक्षा दिईने बताए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख घिमिरे, तिलोत्तमा नगर शिक्षा कार्यालयका प्रमुख गंगाराम आचार्य, एकेडेमिक डाईरेक्टर मार्क बार्थोलोमिउ, एकेडेमीका अध्यक्ष विष्णु प्रसाद भुषाल, ब्रिटिस कलेजका सिईयो राजन कंडेल, एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, एकेडेमीका उपाध्यक्ष डिबि थापाले एसईई २०७७ मा उतिर्ण विद्यार्थीहरुलाई खादा तथा मायाको चिनोबाट सम्मान गरेका थिए । यसैगरि एकेडेमीका शिक्षकहरुलाई पनि सम्मानपत्रबाट सम्मानानित गरिएको थियो ।

 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : २२ बजे

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला