७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त, हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुखमा सिफारिस



काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशप्रमुख अहिराजलाई पदमुक्त गरेको हो । उनको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मिश्र महोत्तरीका पुराना कांग्रेसी नेता हुन् ।

केपी ओली सरकारले तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई हटाएर पत्रकार अहिराजलाई ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि तत्कालिन प्रधानमन्त्री ओलीले उनीसँग बदला लिन परियारलाई विना कसुर बर्खास्त गरेका थिए ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख यसअघि नै परिवर्तन भैसकेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ५० बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।