२९ चैत्र २०८२, आइतबार | April 12, 2026

संघीय संसदको चालु अधिवेशन आजै रातिबाट अन्त्य हुँदै



काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजबाट अन्त्य हुनेभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि गत असार २८ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको अधिवेशन साउन ३ गतेबाट सुरु भएको यिो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशन सुरु भएकै दिनमा विश्वासको मत लिएका थिए । तर, अधिवेशनमा पारित गर्नुपर्ने कैयौं विधेयकहरु रहे पनि सरकारले ती विधेयकहरु बैठकमा पेश गर्न चाहेन । जसका कारण सुरुकै दिनदेखि अधिवेशन विजनेशविहीन जस्तै बनेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २३ गते पुनर्स्थापना भएको प्रतिनिधिसभा बैठकलाई पनि विजनेशबिहीन बनाएर अन्त्य गरिदिएका थिए ।

विशेषगरी विधेयकहरु पेश गर्दा पास हुन सक्ने संख्यामा विश्वस्त हुन नसकेपछि अधिवेशन विजनेशविहीन बनेको हो । राष्ट्रिय सभामा भने केही विधेयकमाथि छलफल भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ३ : ०२ बजे

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख