२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलमा मंगलबारदेखि एक हप्ते केन्पो खुकुरी प्रशिक्षण



बुटवल । केन्पो खुकुरी खेलबारे प्रचारप्रसार गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेशमै पहिलोपटक प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षकलाई भदौ १ गतेबाट एक हप्ता केन्पो खुकुरी खेलबारे बुटवलमा प्रशिक्षण दिईने भएको हो ।

केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डेले १ हप्ताको प्रशिक्षणमा केन्पो खुकुरी प्रतियोगिताबारे वृहत छलफलसाथै ब्यवहारिक प्रशिक्षण दिने नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका पुर्ण पाण्डेले बताए । सात वटै प्रदेशमा संगठन बिस्तारैसमेत अघि बढेको पाण्डेले बताए । बिहान र दिउँसो गरि दुई समयमा राखिएको प्रशिक्षक राजकुमार पाण्डेले बताए ।

बिहान ६ बजेबाट शुरु भएर दिउँसो प्राक्टिकल गरिने उनले बताए । बुटवलमा धेरै खेलहरुमध्ये यो नया विधा भित्राउन सफल भएको भन्दै उनले यसबाट थप हौसला मिलेको बताए । प्रशिक्षणको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यबाट दिउँसो जिल्ला खेलकुद विकास समितिको सभाहलमा उद्घाटन गरिने उनले बताए । फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईने उनले बताए ।

योसंगै काठमाडौं असोज ८ र ९ गते हुने प्रतियोगिताको बारेमा समेत जानकारि गराईयो । फाईट र काता प्रदशन गरि दुई विधामा खेल आयोजना हुन्छ । जसमा प्रथम हुने प्रदेश १ लाख नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । दोस्रो २५ हजार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । फाईट सिगलतर्फ उमेर समुहमा खेलाईने तथा काता ब्यक्तिगत र समुहगत गरि खेलाईने उनले बताए ।

नेपाल भित्राएपछि पहिलोपटक प्रतियोगिता हुन लागेको उनले बताए । १८ देखि २० उमेर समुह ५३ देखि ५६ किलोग्राम तौल समुहको सहभागिता रहने उनले बताए । सरकारबाट खेलाडीहरुको हकहितमा सहयोग नमिलेको भन्दै खेलाडी कल्याणकारी कोष बनाएर अगाडि बढ्न लागेको उनले बताए । प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए ।

प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपुर्ण प्रतियोगिता गराउने उनले बताए । खेलमा नाम नै खुकुरी राखेर एउटा पहिचान नेपालीको पहिचान गराउने गरि अगाडि बढेको उनले बताए । विश्वका ७२ वटा देशमा शाखा रहेको छ । लुम्बिनी प्रदेश ईन्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताईन ।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, जिल्ला अध्यक्ष कृष्ण थापा, केन्द्रीय भरत गोदारले आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेललाई राष्ट्रिय पहिचान दिन गरि अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : १७ बजे

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी