१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य



काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ ।

सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ ।

विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा बैंकको नाफा जम्मा ५२ अर्ब ८२ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको थियो । तर, आव २०७७/७८ को चौथो त्रैमासमा आइपुग्दा १९ दशमलव ९७ प्रतिशतले बढेर कुल ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूले आफ्आफ्ना अनलाइन प्रणालीलाई निकै भरपर्दो र व्यवस्थित बनाई सेवाग्राहीलाई राम्रो र सहज सुविधा उपलब्ध गराएकाले नाफा उल्लेखनीय रूपमा वृद्धि भएको बैंकिङ क्षेत्रमा संलग्न सरोकारवालाको दाबी छ । उनीहरूले कोरोना महामारीलाई आफूहरूले डर र त्रासका रूपमा भन्दा पनि राम्रो व्यवस्थापनसहित अवसरका रूपमा लिएकाले बैंकहरूले सेवाग्राहीलाई दिएको सहज सुविधासँगै राम्रो नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।

सम्बन्धित सरोकारवाला एवं बैंकिङ क्षेत्रमा संलग्नका अनुसार यो अवधिमा नाफा आर्जन गर्ने विभिन्न वाणिज्य बैंकमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ । सो अवधिमा नबिल बैंकको नाफा सबैभन्दा बढी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस बैंकको खुद नाफा जम्मा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

नबिल बैंकपछि धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकको नाफा ४१ दशमलव ८६ प्रतिशतले बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिमा विभिन्न वाणिज्य बैंकमध्ये २ वटा बैंकको नाफा मात्र ४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । यसैगरी, ६ वटा बैंकको नाफा ३ अर्ब बढी रहेको देखाएको छ । जसमा पनि राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७ सय ७६ हजार रुपैयाँ रहेको छ । यस बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा केही घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस बैंकको नाफा ४ अर्ब ३९ करोड ७३ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा यस बैंकको नाफा १३ दशमलव ६८ प्रतिशतले घटेको छ । त्यसैगरी, गत आवमा नाफा घट्ने अर्को बैंकमा एभरेस्ट, नेपाल एसबीआई र सेन्चुरी बैंक पनि रहेका छन । यी बैंकको नाफा २७ दशमलव ३४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, सो अवधिमा ३ अर्ब बढी नाफा कमाउने वाणिज्य बैंकका साथै कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम, एनआईसी एसिया बैंक र नेपाल बैंक रहेका छन् । यस्तै, आठवटा बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । जसमा पनि हिमालयन बैंकको नाफा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । यस बैंकको नाफा १५ दशमलव ८९ प्रतिशतले बढेको छ ।

सोही अवधिमा विभिन्न आठवटा बैंकको नाफा १ अर्ब बढी रहेको छ । जसमा एभरेस्ट बैंक, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमाडु, सनराइज, स्टयान्डर्ड चार्टर्ड र एनसीसी बैंक रहेका छन् । बाँकी दुईवटा सेन्चुरी र सिभिल बैंकको नाफा अर्बभन्दा कम रहेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको रहेको छ । यस बैंकको नाफा ८४ दशमलव १६ प्रतिशतले बढेको छ ।

सो अवधिमा विभिन्न बैंकहरूको वितरणयोग्य नाफा पनि १२ अर्ब ३८ करोड २४ लाख २६ हजार रुपैयाँले बढेको छ । यस्तो वितरणयोग्य नाफा अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४१ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष बैैंकहरूको यस्तो वितरणयोग्य नाफा ३४ अर्ब ९६ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ६ : ४३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्