१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

लाइसेन्सको ट्रायल खोल्ने तयारी



काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल खुलाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ ।

मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो ।

विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए ।

‘निषेधाज्ञापछि सीसीएमसीले विस्तारै आवश्यक क्षेत्र खुलाउँदै गएको छ,’ उनले भने, ‘विभागले ट्रायल खुलाउने तयारी गरेकोमा हाम्रो सिफारिशपछि सीसीएमसीले गर्ने निर्णयले नै ट्रायल खुल्छ/खुल्दैन भन्न सकिन्छ ।’

विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै परीक्षा ट्रायलका लागि परेका आवेदनमध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । ट्रायलको हुने अन्योल भएपछि आवेदन अलपत्र परेका छन् । अन्य क्षेत्र विस्तारै सामान्य बन्दै गएकाले ट्रायल पनि खोल्ने तयारी विभागले गरेको होे ।

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ ।

मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ६ : ५७ बजे

हुम्ला-सुर्खेत सडक जीर्ण

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ

एनपीएल जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत

चक्रवात ‘अर्नब’को प्रभाव : भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु, हजारौँ विद्युत् पोल ढले

काठमाडौं । समुद्री चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा पाँच

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस

बसको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

हेटौँडा । भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक