१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी



काठमाडौं । मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न र सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

काभ्रेको पनौतीमा सञ्चालन हुने सो विश्वविद्यालय सञ्चालन गर्ने सिलसिलामा तयार पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्व विद्यालयको सङ्काय (फ्याकल्टी) तथा अध्ययन अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकाससमेत सुरु भइसकेको बताए ।

आवश्यक पाठ्यक्रम विकासका लागि विभिन्न विषयका चारजना विज्ञ करारमा भर्ना गरी काम अगाडि बढाइएको छ भने थप सातजना विज्ञ करारमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । उनले आर्थिक वर्ष २०८०/२०८१ भित्रमा विश्वविद्यालय सञ्चालनमा ल्याई पहिलो तालिम सुरु गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : १६ बजे

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस

बसको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

हेटौँडा । भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा