७ श्रावण २०८३, बिहिबार | July 24, 2026

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी



काठमाडौं । मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न र सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

काभ्रेको पनौतीमा सञ्चालन हुने सो विश्वविद्यालय सञ्चालन गर्ने सिलसिलामा तयार पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्व विद्यालयको सङ्काय (फ्याकल्टी) तथा अध्ययन अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकाससमेत सुरु भइसकेको बताए ।

आवश्यक पाठ्यक्रम विकासका लागि विभिन्न विषयका चारजना विज्ञ करारमा भर्ना गरी काम अगाडि बढाइएको छ भने थप सातजना विज्ञ करारमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । उनले आर्थिक वर्ष २०८०/२०८१ भित्रमा विश्वविद्यालय सञ्चालनमा ल्याई पहिलो तालिम सुरु गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : १६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी