१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

६२१ वटा झोलुङ्गे पुल निर्माण



काठमाडौं । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ ।

गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष ३२ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षमा भने ७२० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य विभागको छ ।

विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले नदी, खोल्साखोल्सी तरितराउका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भई हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको बताए ।

उनका अनुसार झोलुङ्गे पुल निर्माणले स्थानीय बासिन्दामा आधारभूत सेवा विस्तार तथा आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको छ । बालबालिकालाई तुइन तरेर विद्यालय जानुपर्ने परिस्थिति अन्त्य भई पुलबाटै आवतजावत गर्न सकिने अवस्था बनेको छ । उनले भने, “नेपाल भौगोलिक विकटता र ठूला नदी र खोल्सामा तरितराउका लागि झोलुङ्गे पुल निर्माण गर्नु आफैँमा चुनौती रहे पनि झोलुङ्गे पुल निर्माण अघि बढिरहेको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : ३७ बजे

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस

बसको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

हेटौँडा । भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा