२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलमा केन्पो मार्शल आर्टको प्रशिक्षण शुरु (भिडियो सहित)



बुटवल । मंगलबारदेखि केन्पो मार्शल आर्ट खेलको प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको बुटवल हाट बजारमा रहेको हलमा प्रशिक्षण शुरु भएको हो ।

प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै खेलमार्फत विश्वमा नै देशलाई चिनाउन सकिने बताईन । उपमहानगरले एक खेल एक खेलमैदानको अवधारणासहित खेल विकासलाई अघि बढेको भन्दै पुर्वाधार विकासबाट मात्र खेलाडी सबल र सक्षम बन्न सक्ने बताईन ।

कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका पुर्ण पाण्डेले प्रशिक्षक प्रशिक्षण कार्यक्रमसंगै राष्ट्रिय खेलको तयारी पनि भएको बताए । सरकारबाट खेलाडीहरुको हकहितमा सहयोग नमिलेको भन्दै खेलाडी कल्याणकारी कोष बनाएर अगाडि बढ्न लागेको उनले बताए । समस्यामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए ।

प्रशिक्षणमा केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डेले केन्पो खुकुरी प्रतियोगिताबारे वृहत छलफलसाथै ब्यवहारिक प्रशिक्षण दिनेछन । एक हप्ता केन्पो खुकुरी खेलबारे सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षक सहभागी भएका छन । यो करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने उनले बताए । विश्वका ७२ वटा देशमा शाखा रहेको छ ।

प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईने बताए । बिहान र दिउँसो गरि दुई समयमा राखिएको उनले बताए । बिहान ६ बजेबाट शुरु भएर दिउँसो प्राक्टिकल गरिने उनले बताए । बुटवलमा धेरै खेलहरुमध्ये यो नया विधा भित्राउन सफल भएको भन्दै उनले यसबाट थप हौसला मिलेको बताए ।

लुम्बिनी प्रदेश ईन्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताईन । आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेलको विकासमा संगठनात्मक रुपमा अघि बढेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका अधिकृत ओम न्यौपाने, संघका केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, केन्द्रीय सदस्य भरत गोदार, केन्द्रिय सदस्य संगम वाईवा, भरत धिताल, भरत गोधार, विजय तिमिसिना, राजेन्द्र वली, प्रदेशका सल्लाहकार लालहरि पाण्डे, प्रदेश खेलकुद परिषदका कोषध्यक्ष कृष्ण देवकोटा, कार्यकारी सदस्य उमा अधिकारी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, प्युठान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश पाण्डे, जिल्ला अध्यक्ष कृष्ण थापाले खेल विकासमा खेलाडीहरुको चासो हुनुपर्ने बताए ।
कार्यक्रममा खेलाडीहरुले राष्ट्रिय गितमा सामुहिक काता प्रस्तुत गरेका थिए ।

भिडियो हेर्नुहोस

 

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ५ : ४१ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।