२ असार २०८२, सोमबार | June 16, 2025

महन्थ ठाकुरको नयाँ पार्टी – जसपा नेपाल लोकतान्त्रिक



काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता टुंगो लागसँगै दलविहीन अवस्थामा पुगेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ ।

राष्ट्रपतिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै यो समुहले आफ्नो नयाँ पार्टी गठन गर्ने तयारी गरेको हो । ठाकुर पक्षको बुधरबार बसेको बैठकले पार्टीको नाम टुंगो लगाएको छ । नयाँ पार्टीको नाम अब ‘जसपा नेपाल लोकतान्त्रिक’ रहने भएको छ ।

पार्टीको नाममा टुंगो लागेपनि पदाधिकारी र केन्द्रीय कमिटीको संख्याबारे भने टुंगो नलागेको सो समुहका नेता शरतसिंह भण्डारीले बताएका छन् ।

निर्वाचन आयोगले गत साउन ११ गते जसपाको आधिकारिकता टुंगो लगाइदिएपछि ठाकुर पक्ष दलविहीन अवस्थामा पुगेको थियो । जसपाको कार्यकारिणीलाई आयोगले अद्यावधिक गरेपछि ठाकुर सो पार्टीको साधारण सदस्य मात्र बन्न पुगेका थिए । अब राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै ठाकुर पक्षले राहतको महशुस गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १ : २२ बजे

मोहन वैद्य ‘किरण’ स्वास्थ्यलाभ गरेर घर फर्के

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने

काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजको

विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन : किशोरसिंह राठौर

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको