१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले फिर्ता पठाए आधा सुरक्षाकर्मी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले आफ्नो सुरक्षामा परिचालित सुरक्षा संयन्त्रमा कटौती गरेका छन् । मुख्यमन्त्री केसीले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका हुन् ।

केसीले प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई फिर्ता पठाईएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार यसअघि मुख्यमन्त्री शंकर पोखरेलले स्कटिङमा १४ जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका थिए । खटिएका सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीको सात जनाको ‘अगुवा’ र सशस्त्र प्रहरीको सोही संख्यामा ‘पछुवा’ परिचालित गरिएकोमा ती सुरक्षाकर्मीहरुलाई मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेसँगै हटाएका हुन् ।

मुख्यमन्त्री केसीले जननिर्वाचित प्रतिनिधि जनतामा जाँदा असुरक्षाको महसुस गर्नुपर्ने अवस्था नरहेको बताए । उच्चपदस्थको सुरक्षाको नाममा अनावश्यक जनशक्ति खटाउँदा जनसुरक्षामा असर पर्ने उनको भनाइ छ ।
अहिले प्रदेश सरकारले सुरक्षाकर्मी परिचालनमा नयाँ कार्ययोजना बनाउने तयारी गरिरहेको बताईएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : २२ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय