२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले विभाजनले अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा भयो : एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि संस्थापन पक्षबाट देखाएको अधिकतम लचकतालाई कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्न पार्टी विभाजन गर्ने काम भएको बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल गठन गरेपछि एक अपिल प्रकाशित गर्दै महासचिव पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् ।

महासचिव पोखरेलले पार्टी फुटाएर एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमै धब्बा लगाउने काम गरिएको आरोप समेत लगाएका छन् । उनले अपिलमा पार्टीभित्रको एकता कायम राख्न वरिष्ठ नेता नेपाल सहित केही नेतासँग आफैंले पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।

नेता नेपालले ९५ सदस्यीय नेकपा एमाले ९समाजवादी० दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।

उनले नेपाल पक्षले गरेको पार्टी दर्तालाई ‘केही मानिस’ बाहिरिएको संज्ञा दिँदै स्वदेश तथा विदेशमा रहेका एमालेका नेतारकार्यकर्ता तथा शुभेच्छुकलाई विचलित नहुन अनुरोध पनि गरेका छन्। ‘दुःखका साथ भन्नु पर्दै छ– यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ८ : ५५ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ