२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले विभाजनले अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा भयो : एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि संस्थापन पक्षबाट देखाएको अधिकतम लचकतालाई कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्न पार्टी विभाजन गर्ने काम भएको बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल गठन गरेपछि एक अपिल प्रकाशित गर्दै महासचिव पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् ।

महासचिव पोखरेलले पार्टी फुटाएर एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमै धब्बा लगाउने काम गरिएको आरोप समेत लगाएका छन् । उनले अपिलमा पार्टीभित्रको एकता कायम राख्न वरिष्ठ नेता नेपाल सहित केही नेतासँग आफैंले पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।

नेता नेपालले ९५ सदस्यीय नेकपा एमाले ९समाजवादी० दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।

उनले नेपाल पक्षले गरेको पार्टी दर्तालाई ‘केही मानिस’ बाहिरिएको संज्ञा दिँदै स्वदेश तथा विदेशमा रहेका एमालेका नेतारकार्यकर्ता तथा शुभेच्छुकलाई विचलित नहुन अनुरोध पनि गरेका छन्। ‘दुःखका साथ भन्नु पर्दै छ– यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ८ : ५५ बजे

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय