२० भदौ २०८३, शनिबार | September 5, 2026

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ



ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ । पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले धारिलो हतियार प्रहार गरेका हुन् । घटनापछि भाग्ने क्रममा प्रहरीले सञ्जीवसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको नम्बरमा सम्पर्क पुगेको थियो । एक-आपसमा अपरिचित उनीहरूबीच सुरुमा सामान्य कुराकानी भए पनि पछि सोही विषयलाई लिएर विवाद बढेको प्रहरीले जनाएको छ ।

फोनमै विवाद चर्किएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए । इमाडोलबाट पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : ५२ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २