१५ चैत्र २०८२, आइतबार | March 29, 2026

तिलोत्तमाका किसानलाई कृषि उपकरण सहयोग



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ ।

तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डी.पी.) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा रहेको छ ।

परियोजनाले यसअघि नैं किसानहरुलाई विभिन्न कृषि उपकरण सहयोग गरेकोमा पछिल्लो पटक धान काट्ने मेसिन, आलु लगाउने मेसिन, च्याउ बनाउने मेसिनहरु सहयोग गरेको हो । किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरणहरु सहयोग गरिएको परियोजनाले जनाएको छ ।

पछिल्लो पटक परियोजनाले वडा नं. ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं. १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं. १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो । लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामाग्री हस्तान्तरण गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले कृषिको आधुनिकीकरणको लागि यान्त्रिकीकरण अपरिहार्य रहेकोले परियोजना अन्तर्गत् किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताए । तिलोत्तमा नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउँदै नगर प्रमुख घिमिरेले नगरपालिकाले अघि सारेका कार्यक्रमबाट लाभ उठाउन किसानलाई आग्रह गरे ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले उपलब्ध गराइएका कृषि उपकरणको सदुपयोग गरेर उत्पादन क्षमता बढाइनुपर्नेमा जोड दिँदै नगरपालिकाले किसानको हीतका लागि विभिन्न कार्यक्रम सञ्चान गरेको बताइन । यु.एन.डी.पी. का लुम्बिनी तथा गण्डकी प्रमुख सुदीप अर्यालले किसानको आवश्यकता र प्रयोगको औचित्यका आधारमा नगरपालिकाको समन्वयमा अन्य किसानलाई समेत कृषि उपकरणमा सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

कृषि उपकरण हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, सहकारीकी अध्यक्ष सीता न्यौपाने, व्यवस्थापक जमुना गिरीलगायतले परियोजना अन्तर्गत् भएका कामहरुको बारेमा जानकारी गराएकी थिइन ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न तिलोत्तमा नगरपालिकामा गत वर्षदेखि व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत् गत वर्ष झण्डै ६५ बिगाहामा बीज वृद्धिको लागि आलु खेती गरिएको थियो ।

उत्पादित आलु यो वर्ष बीउको रुपमा प्रयोग गर्नेगरी शीतभण्डारमा राखिएको छ । परियोजनामार्फत् तिलोत्तमा नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाइने नगर प्रमुख बासुदेव घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ९ : ४५ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक