७ आश्विन २०८३, बुधबार | September 23, 2026

व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप



गलेश्वर । यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका-२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो ।

व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित बनाएको हो ।

करिब १५ रोपनीको जग्गामा व्यावसायिक केराखेती गरेका खबराका कृषक राजकुमार घिमिरेले व्यावसायिक केराखेतीमा रोग र किराको प्रकोप देखिएपछि समस्या भएको गुनासो गरे । उनले डढुवा, गबारो, खपटे घुनको प्रकोपबाट पसाएका केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, पहेँलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै सङ्कटमा पर्न थालेको बताए । खबराका सिङ्गो गाउँका कृषक नै केराखेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्याएको उनले जानकारी दिए ।

कूल २२० घरधुरी रहेको खबराका अधिकांश कृषक व्यावसायिक केराखेतीमा संलग्न छन् । वर्षेनी केराखेतीतर्फ खबराका कृषकको आकर्षण बढ्दै जान थालेको छ । यस वर्ष कोरोना भाइरसका कारण जारी लकडाउन र सलह जातको किराले दुःख दिएको अवस्थामा केराखेतीमा फेरि रोगको प्रकोप देखिएपछि कृषक थप चिन्तित बनेका हुन् । खबरामा हजारिया जातको केराको उत्पादन अत्यधिक हुन्छ । यसका साथै नङ्ग्रे, मालुङ्गे, धुर्सेजस्ता केराको उत्पादन हुने गरेको कृषक बताउँछन् ।

खबरामा व्यावसायिक केराखेतीसँगै किबी, अम्बा, कटहर, कागतीलगायत फलफूलको उत्पादन हुँदै आएको छ । यस वर्ष केराखेतीमा रोगको प्रकोप देखिएकाले कृषक समस्यामा परेको खबराका अर्का कृषक भूमिराज घिमिरेले बताए ।

यहाँका कृषकले व्यावसायिकरूपमा केरा तथा फलफूल खेती गरेका कृषकलाई वडा, नगरपालिका र सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ९ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई