४ कार्तिक २०८३, बुधबार | October 21, 2026

नेपाल आइडल सिजन-४ का निर्णायक परिवर्तन



काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले सीजन-४ का लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । सीजन(४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।

पहिलो सिजनदेखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ जज ल्याएको छ ।

शोको होस्ट आशिफ शाहले गर्नेछन् भने उनको को-होस्टमा रेश्मा घिमिरे रहने छिन् ।

यसैबीच, आइडलको डिजिटल अडिसन सुरु भएको छ । भदौ १ बाट डिजिटल अडिसन सुरु भएको हो । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।

डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ४ : ५८ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने