काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
त्यसैगरि उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए ।



















प्रतिक्रिया