१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

माधव नेपाल नेतृत्वकाे नेकपा (एस) र महन्थ नेतृत्वकाे लोसपालाई निर्वाचन आयोगले सनाखत गर्न बोलायो



काठमाडौं । निर्वाचन आयोगमा नयाँ दर्ता भएका दुई पार्टीलाई आयोगले सनाखतका लागि बोलाएको छ । आयाेगले माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ता प्रक्रियाका लागि भदौ ९ गते सनाखतका लागि बोलाएको हो ।

भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगले जनाएको छ । आयोगले दल दर्ताका लागि सूचीकृत गरिएका सदस्यहरुको नागरिकतासहित आयोगमा उपस्थित हुन भनिएको छ ।

प्रस्तावित दुवै पार्टीले शुरुमा नेकपा एमाले र जनता समाजवादी पार्टीसँग नाम मिल्दोजुल्दो राखेको भन्दै आयोगले असहमति जनाएपछि दुबै पार्टीले अर्को नाम प्रस्ताव गरेका थिए ।

दल विभाजनसम्बन्धि अध्यादेश जारी भएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएर बुधबार नयाँ दल दर्ताको निवेदन आयोगमा परेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : २१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम