१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

तुइन प्रकरण : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी



बैतडी । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता जयसिंहको खोजीका लागि बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। महाकाली नदी दार्चुला-बैतडी-डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ । बगेर बेपत्ता भएका जयसिंह बैतडीस्थित महाकाली क्षेत्रमा पनि भेटिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सुरक्षाकर्मी परिचालन गरिएको हो । निमित्त प्रजिअ भारतीले भने, “महाकाली नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेका छौँ ।”

यसअघि घटनाको छानबिन गर्न सरकारले गठन गरेको समितिले गत साउन २६ गते बैतडीमा जिल्ला सुरक्षा समितिको टोलीसँग छलफलसमेत गरेको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित उक्त समितिले बेपत्ता जयसिंहको खोजतलासमा तीव्रता दिने विषयमा छलफल गरेको हो ।

साथै उक्त समिति सोही दिन बैतडीको महाकाली नदी किनारमा रहेको झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो । बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन् । भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले नियमितरूपमा खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

बेपत्ता भएको २२ दिनसम्म पनि जयसिंहको अवस्था अज्ञात छ । घरपरिवारले भने जयसिंहको कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन् । भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ ।

सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको गठन गरेको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्ट जोशी रहेका छन् ।

साउन १९ गते दार्चुला पुगेको उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल-भारत दुवै तर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नाका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो । टोलीले घटनास्थलको नेपाल-भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ६ : २६ बजे

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा