१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेको बहिस्कारकाबीच लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री केसले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच संचालन भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन् ।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

केसीले गठबन्धनले यसअघि गरेको प्रतिवद्धताअनुसार अघि बढ्ने जनाउँदै प्रदेशलाई समृद्ध बनाउने ऐतिासिक मिशनलाई पुरा गर्न र नमुना प्रदेश बनाउन सहकार्यको हात बढाएको बताए । सरकारले लिएको महाअभियानमा एकतावद्ध साथ दिन आग्रह गरे । उनले आफुहरुलाई विश्वास गरेर राजनीतिक सहयात्राको नयाँ गोरेटो कोर्न आफुलाई विश्वासको मत दिन प्रतिपक्षी दललाई समेत आग्रह गरे ।

केसीले सहमति र सहकार्यको माध्यमबाट अघि बढ्ने जनाए । आफु मुख्यमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दलले बधाई दिने सामान्य औपचारिकता समेत पुरा नगरेकोमा केसीले दुःख व्यक्त गरे । उनले संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्ने उद्देश्य पुरा गरिछाड्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्री केसीले आफ्ना सबै दम्भ अहंकार समाप्त पारेर एकपट नयाँ संस्कार र नयाँ रुपान्तरणमा अघि बढ्न आग्रह गरे ।

मुख्यमन्त्री केसीले विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी दल एमालेले भने बैठक बहिस्कार गरेको थियो । यसअघि आजै बसेको पहिलो बैठकमा एमालेका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

एमालेले आफुले कारवाही गरेको भनिएका दुई सांसद विमला वली र अजयबहादुर शाहीलाई पदमुक्त गर्नुपर्ने माग गरेको थियो। तर प्रदेशसभा सचिवालयले भने दुवै सांसदलाई पदमुक्त गर्ने कानूनी आधार नभएको निस्कर्ष निकाल्दै पदमुक्त गर्न अस्वीकार गरेपछि एमालेले सभामुख पूर्णबहादुर घर्तीको नै राजीनामा मागेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ४ : २५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान