३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित



नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २ मन्त्री सहित चार जना प्रदेश सभा सदस्यहरूलाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको छ। यही भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरुलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा रुपन्देही निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे (के.सी.), बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेश कुमार अग्रवाल रहेका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।

उनीहरुलाई पार्टीको नीति निर्णय विपरित लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै साधारण सदस्य समेत नरहनेगरि कारबाही गरिएको जसपा नेपालले जनाएको छ। सन्तोष कुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको बहालवाला शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री हुन् भने भण्डारी लाल अहिर बहालवाला आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री हुन् ।

कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने जसपा नेपालले जनाएको छ ।

यस्तै, कोशी प्रदेशकी सांसद निर्मला तावा लिम्बूलाई पनि पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको जसपाका नेता मनिष सुमनले जानकारी दिए ।

यही भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा पार्टीका संरक्षक महन्थ ठाकुरको उपस्थिति तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले काबाही गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ९ : ३६ बजे

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र

अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथाङ्का सडकखण्ड सोमबार

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।