२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

कैदीबन्दीलाई बारबर्दिया नगरपालिकाले दियो अत्यावश्यक सामाग्री



बर्दिया । बर्दिया कारागारमा रहेका कैदीबन्दीहरुको लागि बारबर्दिया नगरपालिकाले विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । बारबर्दिया नगरपालिकाका कैदीबन्दीहरुले बारबर्दिया नगरपालिकालाई केही समय अगाडि कारागार भित्र विभिन्न समाग्रीहरुको अभावभएको भन्दै पत्र लेखेका थिए । पत्रमा मागभएअनुसारको सामाग्री नगरपालिकाले कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।

नगरपालिकाका अनुसार बर्दिया कारागारमा पाँच सय लिटरका एक थान ट्याङ्की, झाडु, फिनेल, हार्पिक ४०÷४० थान, ३२ इन्च टिभि एक थान, उपन्यास १६ थान हस्तान्तरण गरेको छ । त्यसैगरी कैदीबन्दीबाट मागभएका ३ सेट ट्युववेल, एक सय मिटर कार्पेट, किताव लगाएतका सामाग्रीहरु तत्कालै हस्तान्तरण गरीने बारबर्दिया नगरपालिकाले जनाएको छ । कारागारको अवलोकन पश्चात् बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले कैदीबन्दीको आवश्यक्ताको आधारमा अरु सामाग्रीहरु हस्तान्तरण गरीने बताउनु भयो ।

बर्दिया कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी हुँदा बसाई अस्तव्यस्त रहेको छ । महिला र पुरुष गरी एक सय २५ जनाको क्षमता भएको बर्दिया कारागारमा ३ सय ५३ जना रहेका छन् । जसमा पुरुष ३ सय १६,महिला ३४ र नावालक २ जना रहेका छन् । कारागारका कोठा साना भएको कारणले कैदीबन्दीलाई साँगुरो स्थानमा भुईमा सुत्नु पर्ने बाध्यता रहेको छ ।

कारागारका कैदीबन्दीले आफुहरुको समस्या समाधानका लागि आआफ्नो पालिकामा कारर्पेट, सरसफाई सामाग्री लगाएतको माग राख्दै पत्र लेखेका थिए । सोही अनुरुप बारबर्दिया नगरपालिकाले सामाग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  १० : ४८ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा