४ पुस २०८२, शुक्रबार | December 20, 2025

सरकारी बेवास्ताका कारण अनुदानको चिनी किन्न ढिलाइ



काठमाडौं । सरकारको बेवास्ताका कारण अनुदानको चिनी किन्नमा ढिलाइ भएको छ । अनुदानको चिनी किन्न अनुमति दिने र बजेट निकासा गर्ने दुई निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको बेवास्ताका कारण चिनी किन्नमा ढिलाइ भएको हो ।

अनुदानको चिनी किन्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार साल्टले चिनी किन्ने अनुमतिका लागि करीब वर्ष दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । त्यस बेला आपूर्ति मन्त्रालयको लापरबाहीका कारण साल्टले चिनी किन्ने अनुमति पाउन सकेन । करीब ८ महीना ढिलाइ गर्दै गत वैशाखमा आपूर्ति मन्त्रालयले साल्टलाई ३० हजार टन चिनी किन्ने अनुमति दिन अर्थ मन्त्रालयमा सहमतिपत्र पठाएको थियो ।

अर्थ मन्त्रालयले हालसम्म पनि उक्त पत्रको कुनै प्रतिक्रिया नपठाएका कारण साल्टलाई चिनी किन्ने अनुमति दिन नसकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले बताइन् । उनका अनुसार आफूहरूले पटकपटक अर्थ मन्त्रालयलाई सहमतिका लागि अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन । उता अर्थ मन्त्रालयले सरकार परिवर्तनको कारण देखाउँदै ढिलाइ भएको बताएको छ ।

यति बेला साल्ट ट्रेडिङसँग करीब ३ सय टन मात्र चिनीको मौज्दात रहेको छ । मौज्दात कम भएपछि भण्डारण रित्तिने डरले साल्टले प्रतिव्यक्ति २ किलोभन्दा बढी चिनी बेच्न सक्दैन । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ७ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको