१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा (एकिकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दै, पार्टीको विधान पारित गरिने



काठमाडौं । नेकपा एमालेबाट विभाजित प्रस्तावित नेकपा (एकिकृत समाजवादी)को आज पहिलो केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । नेकपा (एस)को चन्द्रागिरि रिसोर्टमा आज पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको अन्तरिम विधान तथा सांगठानिक जिम्मेवारीका विषयमा छलफल हुने बताईएको छ । सोमबार रिसोर्ट पुगेका सबै सांसद तथा केन्दीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान अध्ययनका लागि उपलब्ध गराईसकिएको पार्टीका एक केन्द्रीय सदस्य रामकुमारी भाँक्रीले बताइन् । उनले आजको बैठकबाट विधान पास गरेर कार्यान्वयनमा लगिने जानकारी दिईन् ।

निर्वाचन आयोगले प्रस्तावित पार्टी दर्ता प्रयोजनका लागि सनाखत गर्न आयोगमा बोलाएको अघिल्लो दिन एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आयोगले एस सहित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई पनि सनाखतका लागि ९ गते आयोगमा बोलाएको छ । सनाखत अघि बिधान आवश्यक पर्न सक्ने भन्दै प्रस्तावित केन्द्रीय कमिटीको बैठक बसेर विधान पास गर्न थालिएको बताइएको छ ।

माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु आज बैठक बसेर बुधबार रिसोर्टबाट सिधै आयोग सनाखतका लागि पुग्ने तयारी भएको अर्का एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ८ : ०२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्