२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेकपा (एकिकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दै, पार्टीको विधान पारित गरिने



काठमाडौं । नेकपा एमालेबाट विभाजित प्रस्तावित नेकपा (एकिकृत समाजवादी)को आज पहिलो केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । नेकपा (एस)को चन्द्रागिरि रिसोर्टमा आज पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको अन्तरिम विधान तथा सांगठानिक जिम्मेवारीका विषयमा छलफल हुने बताईएको छ । सोमबार रिसोर्ट पुगेका सबै सांसद तथा केन्दीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान अध्ययनका लागि उपलब्ध गराईसकिएको पार्टीका एक केन्द्रीय सदस्य रामकुमारी भाँक्रीले बताइन् । उनले आजको बैठकबाट विधान पास गरेर कार्यान्वयनमा लगिने जानकारी दिईन् ।

निर्वाचन आयोगले प्रस्तावित पार्टी दर्ता प्रयोजनका लागि सनाखत गर्न आयोगमा बोलाएको अघिल्लो दिन एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आयोगले एस सहित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई पनि सनाखतका लागि ९ गते आयोगमा बोलाएको छ । सनाखत अघि बिधान आवश्यक पर्न सक्ने भन्दै प्रस्तावित केन्द्रीय कमिटीको बैठक बसेर विधान पास गर्न थालिएको बताइएको छ ।

माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु आज बैठक बसेर बुधबार रिसोर्टबाट सिधै आयोग सनाखतका लागि पुग्ने तयारी भएको अर्का एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ८ : ०२ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक