१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एकीकृत समाजवादीले साउन ४-५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिनेछ । समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समीक्षा र पाँच दलीय गठबन्धनमा भएका कमीकमजोरीमा थप प्रस्ट हुनुपर्ने ठहर गरेको छ ।

महासचिव भुसालका अनुसार बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर गर्नुपर्ने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम