२० असार २०८३, शनिबार | July 4, 2026

युवाहरु समेट्दै नेकपा (एकिकृत समाजवादी), ४० वर्ष मुनिका युवा केन्द्रीत कमिटी बनाउने विधान पारित



काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बन्दै गरेको नेकपा (एकिकृत समाजवादी)लाई युवाहरुको पार्टी बनाईने भएको छ । एमालेमा वरिष्ठ नेता रहेका माधव नेपाल नेतृत्वको नव प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रस्ताव गरेको बिधानमा हरेक कमिटीमा ४० वर्ष मुनिका युवाहरुलाई संगठित गर्ने व्यवस्था गरिएसँगै सो पार्टी युवाहरुको पार्टी बन्ने भएको हो । आज बसेको नेकपा(एस) को केन्द्रीय कमिटीमा पेश गरिएको विधानमा हरेक कमिटीमा महत्वपूर्ण संख्या र जिम्मेवारीमा युवालाई राख्नै पर्ने व्यवस्था गरिएको एक नेताले बताए ।

बिधानमा पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि उत्पादन सङ्घर्ष र वर्ग सङ्घर्षमा सामेल हुँदै विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका खेल्ने उल्लेख गरिएको छ ।

बैठकमा पेश गरिएको विधान अनुसार १५१ जना कृन्द्रीय कमिटी रहेने पार्टीमा १७ जना केन्द्रीय पदाधिकारी रहने व्यवस्था गरिएको छ । पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने तथा केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको कम्तिमा एक तिहाइ अर्थात् ३३ प्रतिशत सदस्य महिला अनिवार्य हुने विधानमा लेखिएको छ ।

प्रस्तावित विधानमा केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको छ ।

पार्टीले निर्धारण गरेअनुसार नेकपा एकीकृत समाजवादीको साधरण सदस्य बन्न १० रुपैयाँ र संगठित सदस्य बन्नका निम्ती २० रुपैयाँ तिर्नुपर्नेछ ।

राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको लगायतका संरचनाहरु बनाएर संगठित सदस्यहरुलाई जिम्मेवारी दिने व्यवस्था विधानमा राखिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ३ : ५६ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा