१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

संकटमा नेतृत्वविहीन परराष्ट्र



काठमाडौं । संकटका बेला महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परराष्ट्र मन्त्रालय दुई महिनादेखि नेतृत्वविहीन छ ।

मुलुक विश्वव्यापी कोरोना महामारीको चपेटामा परिरहेका बेला खोप तथा स्वास्थ्य सामग्री खरिदमा अग्रसरता लिनेदेखि छिमेकी तथा मित्र राष्ट्रहरूसँग समन्वय गर्ने हिसाबले परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ ।

अर्कोतर्फ हालै मात्र सार्क सदस्य मुलुक अफगानिस्तानमा विद्रोही समूूह तालिवानले कब्जा गरेको छ। अफगानिस्तानमा रोजगारीका सिलसिलामा पुगेका हजारौं नेपाली नागरिकसमेत फसेका छन् ।

आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काउनुपर्ने दायित्वसँगै सार्कको अध्यक्ष मुलुकका हिसाबले पनि अफगानिस्तान संकटका बारेमा नेपालले रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ । तर सरोकारवाला मन्त्रालय नै नेतृत्वविहीन भएका कारण यस विषयमा नेपालको भूमिका प्रभावकारी हुन नसकेको परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

अफगानिस्तान घटनाले क्षेत्रीय संकट गहिरिँदै जाँदा पूर्वराजदूतहरूको समूहले समेत सार्क संगठनको अध्यक्ष मुलुकका हिसाबले नेपालले सरोकारवाला देशसँग वार्ताका लागि पहल गर्न आग्रह गरेको छ । आजको नागरिक दैनिकमा वसन्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ४१ बजे

हराउँदै चैते दसैँको मौलिकता

यो पैसो कैलेलाई, चैते दसैँलाई त्यो पनि मागे दिन्न कसैलाई

भारतीय दर्शनार्थी आउने पूर्णागिरि मेलामाथि निर्भर ब्रह्मदेव बजार

दोधारा चाँदनी । कुनैबेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो

पर्यटकको रोजाइ बन्दै पटिहानी

भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट

राहदानी विभागको टोली पोर्चुगलमा

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका युवा अलपत्र