१३ असार २०८३, शनिबार | June 27, 2026

संकटमा नेतृत्वविहीन परराष्ट्र



काठमाडौं । संकटका बेला महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परराष्ट्र मन्त्रालय दुई महिनादेखि नेतृत्वविहीन छ ।

मुलुक विश्वव्यापी कोरोना महामारीको चपेटामा परिरहेका बेला खोप तथा स्वास्थ्य सामग्री खरिदमा अग्रसरता लिनेदेखि छिमेकी तथा मित्र राष्ट्रहरूसँग समन्वय गर्ने हिसाबले परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ ।

अर्कोतर्फ हालै मात्र सार्क सदस्य मुलुक अफगानिस्तानमा विद्रोही समूूह तालिवानले कब्जा गरेको छ। अफगानिस्तानमा रोजगारीका सिलसिलामा पुगेका हजारौं नेपाली नागरिकसमेत फसेका छन् ।

आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काउनुपर्ने दायित्वसँगै सार्कको अध्यक्ष मुलुकका हिसाबले पनि अफगानिस्तान संकटका बारेमा नेपालले रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ । तर सरोकारवाला मन्त्रालय नै नेतृत्वविहीन भएका कारण यस विषयमा नेपालको भूमिका प्रभावकारी हुन नसकेको परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

अफगानिस्तान घटनाले क्षेत्रीय संकट गहिरिँदै जाँदा पूर्वराजदूतहरूको समूहले समेत सार्क संगठनको अध्यक्ष मुलुकका हिसाबले नेपालले सरोकारवाला देशसँग वार्ताका लागि पहल गर्न आग्रह गरेको छ । आजको नागरिक दैनिकमा वसन्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ७ : ४१ बजे

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

स्थापना दिवसमा होटल व्यवसायी संघ रुपन्देहीको रक्तदान, तीनदिने कार्यक्रम सुरु

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८

स्वर्गद्वारीका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा