१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेपाल र ठाकुरको नयाँ दल दर्ताको सनाखत आज, दिउँसो २ बजेभित्र आयोग पुग्नुपर्ने



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपश्चात् निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलको सनाखत आज हुने भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा प्रस्तावित नयाँ दल नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको समाजवादी लोकतान्त्रिक पार्टीको सनाखतका लागि निर्वाचन आयोगले बोलाएको हो ।

आयोगले दुवै दललाई सनाखतका लागि दुई घण्टा समय तोकेको छ । सनाखतका लागि बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म सनाखतका लागि बोलाएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिंदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई मात्र सनाखतका लागि उपस्थित हुन भनेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै यी दुवै दलले औपचारिकरुपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ५८ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।