२४ माघ २०८२, शनिबार | February 7, 2026

कर्णाली राजमार्गमा पहिरो जादा एकजनाको मृत्यु



कालिकोट । कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका-१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका-१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

वर्षात्का कारण सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरा गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालीकोटका प्रहरी प्रमुख शाहले बताए । ‘बिहान दैलेख र कालीकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरा खसेको छ,’ उनले भने, ‘पहिराका कारण यातायातका साधन बीचबाटोमै रोकिएका छन् ।’

अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ४ : ४५ बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड