२० असार २०८३, शनिबार | July 4, 2026

चाक्सीबारीमा कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षको छलफल जारी



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन । शुक्रबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीस्थित निवासमा नेताहरू छलफलमा जुटेका हुन ।

वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ ।

क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरा लालगायत नेता छन ।

साथै पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यतामा देखिएका विवादलाई लिएर मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन जारी राखेका छन्। उनीहरुले महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्नेसहित तीन बुँदे माग राखेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १० : १४ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा