१५ चैत्र २०८२, आइतबार | March 30, 2026

बक्सिङ विवाद आपसी लेनदेन गरेर मिलाउनुपर्छ : सदस्यसचिव



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले बक्सिङको विवाद आपसी लेनदेन गरेर मिलाउने प्रयत्न गरिरहेको बताएका छन् । काठमाडौं जिल्ला बक्सिङ संघ र नेपाल खेलकुद पत्रकारमञ्च स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय बक्सिङ दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘ अलिअलि मन भाँचिएको छ । भाँचिएको मनलाई सिलाउनुपर्छ । लेनदेन गरेर मिलाउनुपर्छ । एक आपसमा छलफल गरेर बक्सिङको विवाद समाधान गर्न सक्छौं ।’

त्यसअघि सो कार्यक्रममा संघका महासचिव सविन भट्टचार्यले संघका अध्यक्ष राम अवालेले संघको विवाद मिलाउने विषयमा चासो नदिएको भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई ‘हस्तक्षेप’ गरेर विवाद मिलाइ दिन आग्रह गरेका थिए ।

‘नेपालको सन्दर्भमा अहिले बक्सिङमा विभिन्न किसिमको विवाद भइरहेकाले मनोबल घटिरहेको अवस्था छ । राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षेप गरेर विवाद मिलाओस् भन्ने हाम्रो आग्रह छ । केन्द्रदेखि जिल्लामा विभिन्न विवाद भइरहेको देखिरहेको छु’, उनले भने ।

अन्तर्राष्ट्रिय बक्सिङ दिवस पनि विभाजित भएर मनाइएको भन्दै सदस्यसचिव सिलवालले भने, ‘मलाई आज गाह्रो पर्यो । अन्तर्राष्ट्रिय बक्सिङ दिवस यहाँ एउटा कार्यक्रम छ । अर्को पनि कार्यक्रम छ । एकै ठाउमा बसेर एउटै ढंगले मनाएको भए त सकिन्थ्यो नि ।’

काठमाडौं जिल्ला बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा संघका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतको उपस्थिति थियो भने संघका अध्यक्ष अवालेको अध्यक्षतामा सातदोबाटोमा अर्को कार्यक्रम भएको थियो । सो कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाको उपस्थिति थियो ।

बक्सिङको समस्याको विषयमा बोल्दै सदस्यसचिवले विदेश जानेबेलामा टिम म्यानेजरको लर्को लाग्ने गरेको बताउँदै भने, ‘क्रिकेट, फुटबलमा एउटा टिम म्यानेजर भए पुग्ने बक्सिङमा विदेश जाँदा तीन जना टिम म्यानेजर ६ जना खेलाडी किन जानुप¥यो ।’ यस विषयमा आफूले अध्यक्ष अवालेसँग सोधेको तर जवाफ प्राप्त हुन नसकेको बताए । ‘पैसा हाल्न सक्ने जहाँ पनि जाने भयो । योग्यता क्षमता भएको चाँही संघले सहभागी जनाउने बेला कहिले पनि जान नपाउने खालको जन्ती जाने स्थिति बनाउनुहुँदैन’, उनले भने ।

उनले बक्सिङलाई अन्तर्राष्ट्रिय स्तरमा नतिजा दिने खेले भएकाले यसलाई जनतामाँझ पुर्याउने ‘आइडिया’ पनि सेयर गरे । ‘पहिला पहिला हामी हेभिवेट बक्सिङ हेर्दथ्यौं । त्यसले पनि बक्सिङलाई चर्चित बनाउन सहयोग गरेको थियो । हामीले केही सक्दैनौं भने त्यो मोडेलमा पनि जानुपर्छ । युवापुस्ताको यसमा चासो छ’, सिलवालले भने ।

दुबईमा भएको एएसबीसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सरले तीन कास्य पदक जितेको बताउँदै सदस्य सचिव सिलवालले भने, ‘मैले बक्सिङको अध्यक्षलाई भनेको छु । महासचिवसँग भेट भयो । पूर्वअध्यक्ष राजीव श्रेष्ठसँग पनि बसेको छु । ग्रान्सरुट विकास कार्यक्रम ल्याउनुपर्छ ।’

सदस्यसबीच सिलवालले टोकियो ओलम्पिकमा २५ दिन बसेको प्रसंग कोट्याउँदै भने, ‘हरेक दिन सेफ दि मिसनको मिटिङमा भाग लिँदा मलाई रुन मन लाग्यो । मिटिङमा अन्य देशकाले सोध्दछन् नेपालले कति पदक ल्यायो भनेर हामीले अध्याधिक भन्न सकेको तीन वटा राष्ट्रिय रेकर्ड तोड्यौं ।’ उनले त्यसका लागि योजनाबद्ध भएर अगाडि बढ्ने बताएका छन् । उनले सबै खेललाई समान व्यहार गर्न नसक्ने बताउँदै पदकको सम्भावना बोकेको खेललाई छनोट गर्ने योजना रहेको सुनाए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ६ : ३५ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा