७ श्रावण २०८३, बिहिबार | July 23, 2026

फाइजर खोप आए भण्डारण चुनौती



काठमाडौं । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ । त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ । नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ ।

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ । फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ । त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेरमात्र बनाउन मिल्छ । यसका लागि कम्तीमा ६ महिना लाग्न सक्छ । यस्तो अवस्थामा फाइजरको खोप आए भण्डारण र व्यवस्थापन गर्न कठिन हुने महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए । ‘फ्रिज खरिद टेन्डरदेखि अर्डरसम्मको प्रक्रिया पूरा गर्दा कम्तीमा ६ महिना लाग्ने देखिन्छ’, उनले भने ।

फाइजरको खोपका लागि भण्डारण कक्षमात्र नभई त्यसको सञ्चालन गर्न तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ । सो खोप राख्ने फ्रिज खरिद गर्दा महंगो पर्छ । यस्तो अवस्थामा अन्य खोपको तुलनामा फाइजरको खोप महँगो पर्ने देखिएको कोभिड-१९ विरुद्धको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।

सरकारले फाइजरको खोप खरिद सम्झौता विश्व स्वास्थ्य संगठनको खोप प्राथमिकताभन्दा अघि नै गरेकाले महँगो पर्न जाने देखिन्छ । अमेरिकाबाटै खरिदमार्फत आउन लागेको मोडर्नाको खोपभन्दा फाइजर खोपको प्रभावकारिता १ प्रतिशत मात्र बढी भएकाले महँगो खोप किन्नु उचित नभएको डा. उप्रेतीको भनाइ छ । खोप भण्डारण र व्यवस्थापन दुवै हिसाबले फाइजरको खोप नेपालका लागि अनुकूल नभएको उनले बताए । आजको नागरिक दैनिकमा पवित्रा सुनाले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ६ : ५७ बजे

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको