१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

फाइजर खोप आए भण्डारण चुनौती



काठमाडौं । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ । त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ । नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ ।

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ । फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ । त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेरमात्र बनाउन मिल्छ । यसका लागि कम्तीमा ६ महिना लाग्न सक्छ । यस्तो अवस्थामा फाइजरको खोप आए भण्डारण र व्यवस्थापन गर्न कठिन हुने महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए । ‘फ्रिज खरिद टेन्डरदेखि अर्डरसम्मको प्रक्रिया पूरा गर्दा कम्तीमा ६ महिना लाग्ने देखिन्छ’, उनले भने ।

फाइजरको खोपका लागि भण्डारण कक्षमात्र नभई त्यसको सञ्चालन गर्न तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ । सो खोप राख्ने फ्रिज खरिद गर्दा महंगो पर्छ । यस्तो अवस्थामा अन्य खोपको तुलनामा फाइजरको खोप महँगो पर्ने देखिएको कोभिड-१९ विरुद्धको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।

सरकारले फाइजरको खोप खरिद सम्झौता विश्व स्वास्थ्य संगठनको खोप प्राथमिकताभन्दा अघि नै गरेकाले महँगो पर्न जाने देखिन्छ । अमेरिकाबाटै खरिदमार्फत आउन लागेको मोडर्नाको खोपभन्दा फाइजर खोपको प्रभावकारिता १ प्रतिशत मात्र बढी भएकाले महँगो खोप किन्नु उचित नभएको डा. उप्रेतीको भनाइ छ । खोप भण्डारण र व्यवस्थापन दुवै हिसाबले फाइजरको खोप नेपालका लागि अनुकूल नभएको उनले बताए । आजको नागरिक दैनिकमा पवित्रा सुनाले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ६ : ५७ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय