२४ माघ २०८२, शनिबार | February 7, 2026

पाँच दलीय गठबन्धनलाई जोगाउने चुनौती कायमै छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई जोगाउने चुनौती रहेको बताएका छन् ।

योङ कम्युनिष्ट लिग वाईसीएलको भर्चुअल भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमन र निरंकुशताका विरुद्ध बनेको गठबन्धनलाई जोगाइराख्ने चुनौती रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिले भने, ‘हामी पाँच पार्टी एक ठाउँमा उभिएका छौं । धेरै ठूलो मेहनतले गठबन्धन बनेको हो । परिवर्तनको रक्षाका लागि गठबन्धलाई सुरक्षित गर्नुछ ।’

प्रचण्डले लोकतन्त्रका पक्षमा, राष्ट्रियताका पक्षमा र स्वतन्त्रताका पक्षमा आफुहरु मिलेको बताए । उनले निरंकुशतावादीलाई कमजोर बनाएको बताउँदै उनीहरुलाई पुरै परास्त गर्न बाँकी रहेको बताए । निरंकुशतावादीलाई परास्त गर्नका लागि युवाको काँधमा धेरै जिम्मेवारी रहेको प्रचण्डले बताए । प्रचण्डले भने, ‘हामी विवाद गर्दा राष्ट्र र जनताले दुःख पाएको छ । मिल्दा जनताको पक्षमा काम भएको छ । अझै पनि चुनौती सकिएको छैन । यो परिवर्तनलाई कमजोर बनाउने, गठबन्धनलाई बिगार्न निरंकुशतावादी र प्रतिगमनकारीले दाऊ खोजिरहेका छन् । उनीहरुबाट गठबन्धनलाई सुरक्षा गर्ने जिम्मा युवाको काँधमा आएको छ ।’

प्रचण्डले आफुले नेपालमा कम्युनिष्ट शक्तिको नेतृत्वमा देशको विकास होस भन्ने चाहेपनि कम्युनिष्टकै आवरणमा प्रतिगमनका मतियारले ध्वंस्त गरेको आरोप लगाए । पाँच वर्षसम्म पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार टिक्न नसक्नु विडम्बना भएको उनले बताए ।

प्रतिनिधिसभाको पहिलो विघटपछि प्रतिगमनविरुद्ध भएको आन्दोलनलाई प्रचण्डले विगतमा गरेको जनयुद्धसँग तुलना गरे ।

वाईसीएलले विज्ञान र प्रविधिको प्रयोग गरेर भर्चुअल भेला आयोजना गरेकोमा वाईसीएललाई बधाई दिएका छन् । उनले वाईसीएलको भेलार्ला २०३८ सालमा भारतको कुशीनगरमा भएको युवाको राष्ट्रिय भेलासँग तुलना गरे । त्यतिबेला २७ वर्षको उमेरमा प्रचण्डले सो भेलाको उद्घोषण गरेका थिए ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ४ : ३७ बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार