४ पुस २०८२, शुक्रबार | December 20, 2025

नयाँ दल रोज्न २२ गतेसम्मको समय



काठमाडौं । निर्वाचन आयोगले गत प्रदेश सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित बनेका जनप्रतिनिधिलाई विभाजनपछि बनेको दल रोज्न समय दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले नेकपा एमाले र जसपाबाट गत निर्वाचनमा प्रदेश सभा र स्थानीय तहमा निर्वाचित भएका तर अहिले राजनीति दलसम्बन्धी नयाँ अध्यादेशअनुसार दल विभाजन भएपछि विभाजित दलमा जान चाहनेहरूलाई दल फेर्ने अवसर दिएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार दल रोज्न दल गठन भएको दिनदेखि २१ दिनको समयलाई निर्धारण गरेको जानकारी दिए ।

एमाले र जसपाबाट जितेका जनप्रतिनिधिलाई दल रोज्ने अवसर

‘दल विभाजन अध्यादेश आएपछि दुई दल विभाजित भए, अध्यादेशले दल गठन गरेको २१ दिनभित्र दल रोज्न भने अनुसार आयोगले २१ दिनको समय दिएको हो, अब प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २२ भदौसम्मको समयभित्र दल रोज्न सनाखत गर्नुपर्नेछ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा कायम सदस्यमध्ये २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको थियो । त्यसपछि एमालेबाट विभाजित भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो ।

आयोगले ती दुवै दल २ भदौमा गठन भएको जनाएको छ । निर्वाचन आयोगले भने ती दललाई ९ भदौमा दर्ता गरेर प्रमाणपत्र दिएको थियो । अध्यादेशअनुसार नै अब एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरूले नेकपा एकीकृत र लोसपामा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखतका लागि निवेदन दिनुपर्छ ।

दल रोज्न चाहने जनप्रतिनिधिले प्रदेशका हकमा प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका हकमा जिल्ला निर्वाचन कार्यालयमा आफैं उपस्थित भई सनाखत गर्नुपर्ने आयोगले जनाएको छ ।

सो प्रक्रियाका लागि दल फेर्न चाहनेले आयोगसमक्ष जाँदा प्रदेश सभा सदस्यका हकमा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेश सभाबाट जारी परिचयपत्र लिएर जानुपर्नेछ ।

यस्तै, स्थानीय तहका जनप्रतिनिधिले सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र लिएर जानुपर्ने आयोगले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको