११ कार्तिक २०८३, बुधबार | October 29, 2026

सञ्चालनको पर्खाइमा सुक्खा बन्दरगाह



काठमाडौं । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ ।

कोभिड-१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।

सो बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढेको जानकारी दिए ।

गजुरेलले भने, “बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै संरचना तयार भइसकेका छन् । सञ्चालन ढाँचा तयार हुनेबित्तिकै बन्दरगाह सञ्चालनमा आउने छ ।”

बन्दरगाह सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिले तयारी गरिरहेका छन् । बन्दरगाह सञ्चालनका लागि चाहिने भन्सार भवन, क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने) भवन र प्रशासनिक भवन तयार भइसकेको छ ।

त्यसैगरी तीनवटा गोदाम र गुणस्तर जाँच गर्ने तीनवटा भवन निर्माण भएका छन् । प्रत्येक गोदामको क्षमता एक हजार २९६ वर्गमिटर छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बन्दरगाह सञ्चालनका लागि आवश्यक कार्यविधि तयार भइरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : ५४ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय