२२ असार २०८३, सोमबार | July 6, 2026

सञ्चालनको पर्खाइमा सुक्खा बन्दरगाह



काठमाडौं । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ ।

कोभिड-१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।

सो बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढेको जानकारी दिए ।

गजुरेलले भने, “बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै संरचना तयार भइसकेका छन् । सञ्चालन ढाँचा तयार हुनेबित्तिकै बन्दरगाह सञ्चालनमा आउने छ ।”

बन्दरगाह सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिले तयारी गरिरहेका छन् । बन्दरगाह सञ्चालनका लागि चाहिने भन्सार भवन, क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने) भवन र प्रशासनिक भवन तयार भइसकेको छ ।

त्यसैगरी तीनवटा गोदाम र गुणस्तर जाँच गर्ने तीनवटा भवन निर्माण भएका छन् । प्रत्येक गोदामको क्षमता एक हजार २९६ वर्गमिटर छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बन्दरगाह सञ्चालनका लागि आवश्यक कार्यविधि तयार भइरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : ५४ बजे

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत