७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुदै



काठमाडौं । मन्त्रिमण्डललाई पूर्णता दिनको लागि सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागि छन ।

छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पनि सहभागी छन । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादीबाट नारायणकाजी श्रेष्ठ, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ र समाजवादीबाट राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी छन ।

आइतबार बिहान र साँझ बसेको दुईपटक बसेको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाउन नसकेपछि आज पुन बैठक बसेको हो ।

देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन । कुन दलले कति मन्त्रालय र कुन(कुन मन्त्रालय लिने भन्नेबारे सत्तारूढ गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको हो ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ४६ बजे

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा