१६ माघ २०८२, शुक्रबार | January 30, 2026

हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर-जी टावर निर्माण हुँदै



सिमकोट । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा नेपाल टेलिकमको फोर-जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ ।

लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर-जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

गाडीको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको उनले बताए ।

जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर-जी टावर निर्माण गर्न लागिएको हो । रासस

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ७ : ०२ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग